Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्वदेशमै उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक : प्रधानमन्त्री

    स्वदेशमै उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 762
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक रहेको बताएका छन्।

    महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा सुरु छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन आग्रह समेत गरे।



    उनले स्वदेशभित्रै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवर्द्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न विशेष ध्यान दिनुपर्ने बताए।



    मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । उनले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार