Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गाँजा खाने टुरिष्टलाई थाइल्याण्ड नआउन स्वास्थ्यमन्त्रीको आग्रह

    गाँजा खाने टुरिष्टलाई थाइल्याण्ड नआउन स्वास्थ्यमन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    एजेन्सी । थाइल्याण्डका स्वास्थ्यमन्त्रीले गाँजा खानमात्र आउने पर्यटकहरूलाई आफ्नो देशको भ्रमणमा नआउन आह्वान गरेका छन् । दुई महिनाअघि थाइल्याण्डमा गाँजाको प्रयोगलाई अपराध नमान्ने कानुन आएपछि धेरै पर्यटकहरु गाँजा सेवनकै लागि जाने गरेको पाइएको छ ।

    सन् २०१८ मा थाइल्याण्डले चिकित्सकीय प्रयोगको लागि गाँजाको प्रयोगलाई वैध बनाएको थियो । सरकारले गाँजाको सेवनलाई वैध बनाएको भएपनि उच्च प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ ।



    सरकारको आग्रहका बाबजुद गाँजा सेवन लोकप्रिय बनेको छ । रेष्टुराहरुमा गाँजा सेवनको लागि अलग कोठाको व्यवस्था गर्न थालिएको छ ।



    गाँजाको प्रयोग वैध भएको भए पनि सार्वजनिक स्थानमा सेवन गर्नेहरुलाई तीन महिनाको जेल सजाय वा झण्डै ७०५ अमेरिकी डलर जरिवाना तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार