Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दक्षिण कोरिया पठाइदिन्छु भनेर साढे ७ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

    दक्षिण कोरिया पठाइदिन्छु भनेर साढे ७ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 657
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दक्षिण कोरिया पठाइदिन्छु भनेर ७ लाख ५० हजार रूपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा अर्जुनधाराका ३४ वर्षीय दिनेश खतिवडा रहेका छन् ।

    काठमाडौं सितापाइला बस्दै आएका खतिवडाले काभ्रेपलान्चोक तेमाल गाउँपालिका मुक्पाटारका ४० वर्षका रुपलाल लामाबाट सो रकम लिएर सम्पर्कविहीन भएका थिए ।



    खोजीका क्रममा आज दिउँसो मीनभवनबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार खतिवडालाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।



    खतिवडाले लामालाई दक्षिण कोरिया वर्किङ भिसामा जानको लागि १० लाख रूपैयाँ लाग्ने बताएका थिए । उनले पिडितलाई त्यहाँ प्रतिष्ठित होटलमा काम लगाईदिने प्रलोभनमा पारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार