Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईजीपी सिंह भन्छन् – अपराध नियन्त्रणका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउन आवश्यक छ

    आईजीपी सिंह भन्छन् – अपराध नियन्त्रणका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउन आवश्यक छ

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 945
    SHARES

    मोरङ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अपराधिक घटनाक्रम नियन्त्रण र रोकथामका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउनु पर्ने बताएका छन् ।

    विराटनगरमा बिहीबार प्रदेश १ स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सिंहले यस्तो बताएका हुन् ।



    उनले पछिल्लो समय अधिकांश अपराधमा प्रविधिको प्रयोग हुँदै आएको बताए । प्रविधिको दुरुपयोग गर्दै अपराधिक घटनाक्रम भएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरी प्रविधिमैत्री हुन आवश्यक रहेको उनको भनाई छ ।



    कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा कार्यरत प्रहरी अधिकृतलाई गम्भीर र संवेदनशील भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार