Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जिम्बावेसँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी

    जिम्बावेसँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । जिम्बावेसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा भारत १० विकेटले विजयी भएको हो ।

    जिम्बावेले दिएको एक सय ९० रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ ३० ओभर ५ बलमा पूरा गर्‍यो । भारतका लागि शुभमन गिलले ८२ र शिखर धवनले ८१ रन बनाए ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४० ओभर ३ बलमा अलआउट हुँदै एक सय ८९ रन बनायो । जिम्बावेका लागि रेगिस चकाभाले ३५, रिचार्ड एनगराभाले ३४ र ब्राड इभान्सले नटआउट ३३ रन बनाए ।



    बलिङतर्फ भारतका दीपक चाहर प्रधिश कृष्ण र अक्षर पटेलले तीनरतीन विकेट लिए । यस्तै मोहम्मद सिराजले एक विकेट लिए ।

    योसँगै भारतले जिम्बावेसँगको तीन खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार