Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौंमा फोहोरको समस्या नबल्झिने गरी हल खोजौँ, जहाँ जसले जे गर्नुपर्ने हो गरौँ : गगन थापा

    काठमाडौंमा फोहोरको समस्या नबल्झिने गरी हल खोजौँ, जहाँ जसले जे गर्नुपर्ने हो गरौँ : गगन थापा

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 900
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरको समस्या नबल्झिने गरी हल खोज्नुपर्ने बताएका छन् ।

    काठमाडौंको फोहोर पुनः उठ्न थालेकोमा खुसी व्यक्त गर्दै उनले फेरि अवरोध हुन सक्ने संशयसमेत रहेको बताएका हुन् ।



    उनले फोहोरको समस्या सधैँका लागि अन्त्य गर्ने विषयमा बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय, शहरी विकास मन्त्रीसँगै बैठक बसेर छलफल गरेको जानकारी दिए ।



    उनले फोहोर व्यवस्थापनका लागि स्थानीय सरकारले गरिरहेको काममा सहयोग पुर्‍याउने, स्थानीय सरकार र संघीय सरकारले गर्ने भनेका काम सम्बन्धित निकायले समयमा सम्पन्न गर्नुपर्ने बताए ।

    ‘काठमाडौंको फोहोर पुनः उठ्न थाल्यो, यो खुसीको खबर हो । तर,फेरि अवरोध पो हुने हो कि भन्ने संशय भने मनमा छ । यस पटक समस्या नबल्झिने गरी हल खोजौँ भन्ने चाहना र प्रयत्न हो । यसैका लागि आज काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका,जिल्ला प्रशासन, अन्य निकाय, शहरी विकास मन्त्रीसँगै बैठक बस्यौँ । मूलतः फोहोर व्यवस्थापनको सन्दर्भमा स्थानीय सरकारले गरिरहेको काममा सहयोग पुर्‍याउने, स्थानीय सरकार र संघीय सरकारले गर्ने भनेका काम तत्-तत् निकायले समयमा सम्पन्न गर्ने नै हो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले भने ‘समस्या बल्झेपछि अप्ठ्यारो परेको बेलामा मात्र जुट्ने नभई नियमित रूपमा बसौँ । कम्तीमा हप्तामा एक पटक सबै निकाय/अड्डालाई बोलाएर बसौँ,समीक्षा गरौँ, जहाँ जसले जे गर्नुपर्ने हो गरौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार