Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बञ्चरेडाँडाको अवरोध हट्यो, एकैदिन २८४ गाडी फोहोर उठ्यो

    बञ्चरेडाँडाको अवरोध हट्यो, एकैदिन २८४ गाडी फोहोर उठ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 834
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेर २८४ गाडी बञ्चरेडाँडा पुगेका छन् । सडकमा अवरोध हटेपछि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेता पनि फोहोर विसर्जन भएको हो ।

    काठमाडौं महानगरका मेयर बालेन शाहका अनुसार सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोध हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेका छन् । यही कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने मेयर बालेनले बताए ।



    मेयर बालेनले आफूहरूसँग सीमित फोहोर बोक्ने ट्रक रहेको उल्लेख गर्दै सहयोग गर्न पनि आग्रह गरेका छन् । उनले भने हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरू रहेका छन् । टिपर, ट्रकजस्ता ठूला मेसिनरीका व्यवसायीको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ ।



    उनले आफूहरूको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायत प्रति आभार व्यक्त गरेका छन् । साथै उनले हामीलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थाले आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार