Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पश्चिम सेती र सेती–६ को सम्भाव्यता अध्ययनका लागि नेपालले गर्‍यो भारतीय कम्पनीसँग सम्झौता

    पश्चिम सेती र सेती–६ को सम्भाव्यता अध्ययनका लागि नेपालले गर्‍यो भारतीय कम्पनीसँग सम्झौता

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 798
    SHARES

    काठमाडौं । ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती ६ को सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच सम्झौता भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उक्त सम्झौता भएको हो । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक एके सिंहले हस्ताक्षर गरेका हुन् ।



    समझदारीपत्रअनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत् परियोजना सर्वेक्षण अनुमतिपत्रका लागि हस्ताक्षर भएको मितिले ४५ दिनभित्र आवेदन दिनुपर्नेछ ।



    लगानी बोर्ड बोर्ड बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी (६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो । सोहीअनुसार आज सम्झौता भएको हो।

    पश्चिम सेती आयोजना २०५४ सालमा अस्ट्रेलियाको स्मेकलाई निर्माणको लागि जिम्मा दिइएको थियो। सम्झौताअनुसार उक्त कम्पनीले काम नगरेपछि २०६६ मा सरकारले सम्झौता तोडेको थियो । पछि फेरि २०६८ मा चीनको थ्रि गर्जेजसँग समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

    चिनियाँ कम्पनीले पनि होल्ड मात्रै गरेर पछि नसक्ने बताएपछि यसको निर्माणबारे अन्योल रहँदै आएको थियो। प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् परियोजनाको कुल लागत करिब १३२० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ ।

    त्यस्तै, ४५० मेगावाट क्षमताको सेती नदी(६ जलविद्युत् परियोजनाको अनुमानित लागत ८०० मिलियन अमेरिकी डलर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार