Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

    वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 783
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेसँगै बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) फेरि बढ्न थालेको छ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो ।



    सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ । सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एकदिनमै कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको हो ।



    अहिले राष्ट्र बैंकले निक्षेपको ९० प्रतिशत ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष ७८–७९ को मौद्रिक नीतिमार्फत सीसीडी रेसियोलाई खारेज गर्दै सीडी रेसियो ल्याएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार