Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दार्चुलाका एसपी जिम्मेवारीबाट हटाइए

    दार्चुलाका एसपी जिम्मेवारीबाट हटाइए

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 1.2K
    SHARES

    धनगढी । सशस्त्र प्रहरी बल दार्चुलाका एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ।

    दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।



    आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको स्रोतले जनाएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको छ।



    कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ।

    तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर अनियमितता गरेको आरोप छ।

    राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले एसपी विष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार