Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चीनले अमेरिकालाई भन्यो – क्षेत्रीय अखण्डताको रक्षा गर्ने संकल्पलाई गलत अनुमान नगर्नू

    चीनले अमेरिकालाई भन्यो – क्षेत्रीय अखण्डताको रक्षा गर्ने संकल्पलाई गलत अनुमान नगर्नू

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढेको थियो ।

    पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास समेत गरेको छ  । यसअघि चीनले पाँच दिन लामो सैन्य अभ्यास गरेको थियो । ताइवानले आफूमाथि आक्रमण गर्न चीनले सैन्य अभ्यास तीव्र पारेको बताएपछि अमेरिकाले चर्को आलोचना गरेको थियो ।



    तर, चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने संकल्पलाई गलत अनुमान नगर्न अमेरिकासँग आग्रह गरेको छ ।



    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ संकल्पलाई गलत अर्थका रुपमा नबुझ्न अमेरिकी पक्षलाई आग्रह गरे ।

    अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको उनको आरोप छ । पछिल्लो पटक ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार