Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • भारतको हिमाचल प्रदेशमा बाढी-पहिरोले २२ जनाको मृत्यु, ६ बेपत्ता

    भारतको हिमाचल प्रदेशमा बाढी-पहिरोले २२ जनाको मृत्यु, ६ बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 843
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ ।

    सबैभन्दा बढी मण्डी जिल्लामा १३ जनाको मृत्यु भएको छ ।



    राज्यमा मनाली–चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। शिमला–चण्डीगढ राजमार्ग शोगी नजिक बन्द भएको छ।



    बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन् । मण्डीका उपायुक्तले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार