Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नवौँ राष्ट्रिय खेलकुद : क्रिकेट भदौ २२ देखि गर्ने प्रस्ताव

    नवौँ राष्ट्रिय खेलकुद : क्रिकेट भदौ २२ देखि गर्ने प्रस्ताव

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुषतर्फको क्रिकेट प्रतियोगिता भदौ २२ देखि २९ गतेसम्म आयोजना गर्ने प्रस्ताव राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष गरेको छ ।

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहेको छ । साथै क्यानले नेपाल टी-ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ सम्म संचालन गर्ने तालिका पनि सार्वजनिक गरिसकेको छ ।



    क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राष्ट्रिय खेलकुद अन्तर्गतको प्रतियोगिता टी-ट्वान्टी फर्म्याटमा त्रिवि क्रिकेट मैदानमा आयोजना गर्नेगरी क्यानले राखेपसमक्ष प्रस्ताव राखेको बताए ।



    प्रतियोगिता भने नेपालको केन्या भ्रमणपछि हुनेछ । नेपाली टिम पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि भदौ ७ मा केन्या प्रस्थान गर्ने तालिका छ । केन्या भ्रमण अन्तर्गतको अन्तिम खेल भदौ १४ मा हुनेछ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो-खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार