Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतमा भारी वर्षा र बाढीका कारण पचास जनाको मृत्यु

    भारतमा भारी वर्षा र बाढीका कारण पचास जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.9K
    SHARES

    एजेन्सी । भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ ।

    भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् ।



    पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।



    हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । त्यहाँ अरु केही अझै बेपत्ता रहेका छन् ।

    त्यसैगरी उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ । यहाँ कतिपय विदेशी पर्यटकहरु थुनिएका र चेपिएका छन् । उनीहरुको उद्धार जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार