Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भुवन केसी विरुद्ध दायर रिटमा आज पनि सुनुवाइ भएन

    भुवन केसी विरुद्ध दायर रिटमा आज पनि सुनुवाइ भएन

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिलाई खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुन सकेन ।

    सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । सोमबार यो मुद्दा न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा परेको थियो ।



    भुवनलाई बोर्ड अध्यक्षको रुपमा नियुक्त गर्न मन्त्रालयले मापदण्ड घटाएको निवेदकहरुको जिकिर छ । अध्यक्ष बन्न स्नातक उत्तिर्ण हुनुपर्ने व्यवस्था कायम राख्न पनि निवेदकको मागदाबी छ ।



    फिल्म निर्देशकहरु पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए ।

    केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार