Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रतिनिधि–प्रदेशसभा निर्वाचनमा ५०३ प्रकारका मतपत्र, ८ करोड थान मतपत्र आवश्यक

    प्रतिनिधि–प्रदेशसभा निर्वाचनमा ५०३ प्रकारका मतपत्र, ८ करोड थान मतपत्र आवश्यक

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 900
    SHARES

    काठमाडौं । आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने भएको छ ।

    निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने र दुवै निर्वाचन गरी करिब ८ करोड मतपत्र छापिने बताएको हो ।



    आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक क्षेत्रमा फरकफरक, प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा फरक, सातै प्रदेशको समानुपातिकतर्फ प्रत्येक प्रदेशमा फरक तथा प्रतिनिधि सभातर्फको पुरै देशलाई ‘एक निर्वाचन क्षेत्र’ मान्ने समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि छुट्टै प्रकारको मतपत्र प्रयोग हुने जानकारी दिए ।



    जसअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ ।

    त्यस्तै, ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा ३ सय ३० प्रकारकै मतपत्र र सात प्रदेश प्रदेश सभाका समानुपातिक निर्वाचन प्रणालीका लागि ७ प्रकारका तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणालीतर्फ एक प्रकारको मतपत्र प्रयोग हुने छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार