Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शिक्षक सेवा आयोगको नतिजा दशैं अगाडि

    शिक्षक सेवा आयोगको नतिजा दशैं अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो ।

    अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगले जनाएको छ । माध्यमिक तहमा सबै विषयमा १ हजार ५५२ कोटाका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा ३२ हजार ९७ जना सहभागी भएका थिए ।



    जसमा ३ हजार ८८८ जना उत्तीर्ण भएका थिए । त्यस्तै गत चैत १७ गते लिइएको निमाविको सामान्य परीक्षामा २० हजार ९८२ जना उत्तीर्ण भएका थिए । परीक्षामा ७६ हजार ९०६ जना सहभागी थिए ।



    त्यस्तै गत १९ चैतमा लिइएको प्राविको सामान्य तर्फको परीक्षामा १९ हजार ३८५ जना उत्तीर्ण भएका थिए । परीक्षामा १ लाख २ हजार ६५८ जना सहभागी भएका थिए । आयोगले १३ हजार २९७ पदका लागि विज्ञापन आह्वान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार