Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • मेरो सेयर एप अब आई–फोनमा पनि

    मेरो सेयर एप अब आई–फोनमा पनि

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित अनलाइन मेरो सेयर एप अब आईओएस भर्सनमा पनि चल्ने भएको छ ।

    कम्पनीले हालैमात्र आफ्नो सुविधालाई थप विविधीकरण गर्दै आईओएस भर्सनमा अपडेट गरेको हो । योसँगै अब आई–फोन प्रयोगकर्ताहरूले पनि सजिलै मेरो सेयर एप डाउन लोड गरी चलाउन सक्ने भएका छन् ।



    आईओएस प्रयोगकर्ताहरूले आफ्नो मोबाइलको एप स्टोरमा गई मेरो सेयर सर्च गरी सीडीएससी को लोगो अंकित आइकन भएको तथा सेलर इनफर्मेसनमा सीडीएस क्लियरिङ्ग लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

    यसअघि यस्तो सुविधा एन्ड्रोइड फोनमा मात्र उपलब्ध रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार