Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • काठमाडौंमा हैजाका बिरामी बढ्दै, ३२ जनामा पुष्टि

    काठमाडौंमा हैजाका बिरामी बढ्दै, ३२ जनामा पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 951
    SHARES

    काठमाडौं । काठमाडौंमा हैजा संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ६४ पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै ३२ जना तथा काठमाडौं जिल्लाका नौ पालिकामा गरी ५३ जनामा हैजा पुष्टि भएको छ ।



    ललितपुरका दुई पालिकामा ६ र भक्तपुरका ३ पालिकामा ३ जनामा हैजा पुष्टि भएको छ । त्यस्तै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा एक एकजनामा हैजा पुष्टि भएको छ ।



    हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार