Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय

    मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1K
    SHARES

    एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई त्यहाँको अदालतले भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको छ ।

    मंगलबार मलेसियाको संघीय अदालतले रजाकलाई सम्पत्ति शुद्धीकरण, शक्तिको दुरुपयोग र भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको हो ।



    ६९ वर्षीय रजाकलाई मलेसियाको तल्लो अदालतले दोषी ठहर गरेको थियो । तर उनी धरौटीमै बाहिर थिए । साथै उनको पुनरावेदन पनि विचाराधीन थियो ।



    उनीविरुद्ध वान एमडीबीअन्तर्गतको एसआरसी इन्टरनेसनलसँग अवैधानिक रूपमा १ करोड अमेरिकी डलर लिएको आरोपसमेत लागेको थियो ।

    मंगलबार संघीय अदालतले त्यही मुद्दामा सुनुवाइ गरेको हो । अदालतले रजाकको पुनरावेदन खारेज गरेको हो । उनलाई १२ वर्ष जेल सजायका साथै ४ करोड ६० लाख अमेरिकी डलर जरिवानासमेत सुनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार