Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौंका मेयर बालेन भन्छन् – बाटोमा फोहोर फाल्नेको सीसीटीभीबाट निगरानी हुन्छ

    काठमाडौंका मेयर बालेन भन्छन् – बाटोमा फोहोर फाल्नेको सीसीटीभीबाट निगरानी हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 990
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सीसीटीभीबाट बाटोमा फोहोर फाल्नेको निगरानी गरिने बताएका छन् ।

    बुधबार बिहान नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले जथाभावी फोहोर फाल्नु अपराध भएको जिकिर गरे ।



    उनले बाटोमा फोहोर फाल्ने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा समेत ल्याइने बताए ।



    उपत्यकामा अपराध रोकथाम र नियन्त्रणमा महानगर सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता मेयर शाहले गरे ।

    मेयर शाहले यसपालिको बजेट सिसीटिभी जडानका लागि पनि छुट्याएको जानकारी दिँदै प्रहरीलाई आवश्यक सबै सहयोग गर्न महानगर तयार रहेको बताए । काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार