Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • साउदीमा कार्यरत जम्सेदले जिते निसान सन्नी कार

    साउदीमा कार्यरत जम्सेदले जिते निसान सन्नी कार

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । साउदी अरबमा कार्यरत नेपालीले बम्पर उपहारमा निसान सन्नी कार जितेका छन् । महोत्तरीको राम गोपालपुर घर भइ हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई बम्पर पुरस्कार जितेका हुन् ।

    सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफरका बम्पर विजेतालाई कार हस्तान्तरण गरिएको छ।



    भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद विगत ६ बर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन् ।



    उपहार योजना नोभेम्बर १, २०२१ देखि ६ महिनाको लागि सन्चालन भएको थियो । सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाइल फोन , तीन जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार