Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ५ जना भाग्यमानीले पाए कम्पनीको शेयर

    धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ५ जना भाग्यमानीले पाए कम्पनीको शेयर

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 696
    SHARES

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ ।

    आईपीओमा आवेदन दिनेमध्ये ३० हजार ९२९ जनाले १० कित्ता सेयर हात पारेका छन् । त्यसमा पनि ५ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता सेयर हात पारेका छन् । बाँकी आवेदकको हातखाली भएको छ ।



    १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको थियो ।



    कम्पनीले । साउन २४ देखि २९ गतेसम्म ३ करोड ३१ लाख रुपैयाँको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष, ५ हजार १५५ कित्ता सेयर कम्पनीका कर्मचारी बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।

    आईपीओका नजिता धौलागिरी लघुवित्तको वेबसाइट, बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, सिडीएससीले आईपीओको नतिजा थाहा थाहा पाउन बनाएको वेबसाइट तथा मेरो सेयरबाट थाहा पाउन सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार