Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बालेनलाई साम्पाङको अर्को कटाक्ष – व्यवस्थापन नमिलाई विस्थापित गर्न हुँदैन

    बालेनलाई साम्पाङको अर्को कटाक्ष – व्यवस्थापन नमिलाई विस्थापित गर्न हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई फेरि कटाक्ष गरेका छन् ।

    काठमाडौंमा अनधिकृत रूपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला साम्पाङले यसै विषयमा फेसबुकमार्फत टिप्पणी गरेका हुन् ।



    उनले फेसबुकमा लेखेका छन् ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’



    यसअघि साम्पाङले फोहोर व्यवस्थापनको विषयमा पनि मेयर शाहलाई कटाक्ष गरेका थिए । काठमाडौं महानगरपालिकाले पछिल्लो समय नक्सा पास नगरी अवैध रूपमा बनाइएका संरचना हटाउन थालेको छ ।

    बुधबार बिहान मेयर बालेनसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीलगायतको टोली डोजरसहित काठमाडौं मल पुगेर अवैध रूपमा बनाइएका संरचना भत्काएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार