Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एकै विद्यालयका २७ विद्यार्थीमा कोरोना सङ्क्रमण

    एकै विद्यालयका २७ विद्यार्थीमा कोरोना सङ्क्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौँ । ओखलढुङ्गामा एकै विद्यालयका २७ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    जिल्लाको मोलुङ गाउँपालिका –२ रामपुरस्थित बरुणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीमा कोरोना पोजिटिभ पाइएको हो ।



    विद्यार्थीहरुमा उच्च ज्वरो, रुघाखोकीलगायतको समस्या देखिएपछि बुधबार ९० जनाको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    विद्यालयका प्रधानाध्यपक कुलप्रसाद खतिवडाले विद्यार्थीमा कोरोना देखिएपछी विद्यालय बन्द गरिएको जानकारी दिए ।

    हाल जिल्लाका विभिन्न स्थानमा गरी ११० जनामा कोरोना सङ्क्रमण देखिएको छ । पोजिटिभ सबै विद्यार्थी होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार