Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भदौ ११ गतेबाट सुरु हुने ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’मा हिमेश पन्तको प्रस्तुति

    भदौ ११ गतेबाट सुरु हुने ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’मा हिमेश पन्तको प्रस्तुति

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । ११ भदौबाट अल नेपाल ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजना रहेको टुर बिर्तामोडबाट सुरु हुँदैछ ।

    बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडाैंका विभिन्न कलेजहरुमा ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ टुर आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए ।



    टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा , सुजन जिम्बा लगायतका कमेडियनहरुको सहभागिता रहनेछ । पहिलोपटक यसरी आयोजना हुन लागेको टुरमा दर्शकको उत्साहजनक सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।



    दर्शकले ४ फरक कमेडी गर्ने कमेडियनका प्रस्तुति टुरमा हेर्न पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार