Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतमा १० हजार बढी कोरोना भाइरस सङ्क्रमित थपिए

    भारतमा १० हजार बढी कोरोना भाइरस सङ्क्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 750
    SHARES

    नयाँदिल्ली । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ ।

    यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।



    यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् ।



    भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९४ हजार चार सय ४७ जना रहेका छन् ।

    गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ ।

    यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ८८ भन्दा बढीको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार