Online Nepal
  • शनिबार, १५ असोज २०७९
  • बालेनलाई डन भन्ने द्विराजको द्वैध चरित्र

    पहिला बालेनसँग फोटो खिचाए, अहिले बालेनले डोजर चलाए

    पहिला बालेनसँग फोटो खिचाए, अहिले बालेनले डोजर चलाए

    नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : बालेन

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 3.7K
    SHARES

    काठमाडौं । द्धिराज शर्माले अल्फाविटा हाउसको तल्लो तलामा अनाधिकृत रुपमा पसल सञ्चचालन गर्न दिएको पुष्टि भएपछि काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।

    बालेन शाह ‘बालेन्द्र’ मेयर हुने वित्तिकै अल्फाविटाका सञ्चालक शर्मा केही एजुकेसन कन्सलटेन्सी व्यवसायीहरुलाई लिएर बधाइ दिन पुगेका थिए । उनले बालेनलाई बधाई दिएर बालेसँग बसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।



    तर, बालेनले आज उनै शर्माको अल्फाविटा हाउसमा डोजर चलाएर अनाधिकृत संरचनालाई हटाएका छन् । पहिला बालेनलाई बधाइ दिएका शर्माले आज ‘डन’ भन्दै बालेनको अपमान गरेका छन् ।



    अल्फाविटाको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर भएपछि महानगरले डोजर लगाएर ठाउँ खाली गराएको हो ।

    नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चचालन गरेको ठहर गरेको हो ।

    बिहान मेयर बालेनसहितको टोली निरिक्षणका लागि पुग्दा र अल्फा हाउसका सञ्चालक द्विराज शर्मासँग भनाभन समेत भएको थियो । शर्माले मेयर बालेनलाई उल्टै डन भनेर चर्काचर्की गरेका थिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आड भरोसा पाएका शर्माले बालेनलाई रोक्न खेजेका थिए । तर, मेयर बालेन भने पछि हटेनन् । अन्ततः उनले शर्माको घरमा डोजर लगाएरै छाडे ।

    बालेनले शर्मासँग नक्सा मागेका थिए, तर शर्माले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए । ३५ दिने सूचना सार्वजनिक रुपमा जारी गरिएको भन्दै मेयर बालेनले शर्मासँग ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग रु’ भन्दै झोक्किएका थिए । बालेनले नक्सा लिएर महानगरमा उपस्थित हुन भनेका थिए ।

    शर्मा उनै व्यक्ति हुन्, जो ओम्नी काण्डमा पनि मुछिएका थिए । शर्माका दाजु युवराज शर्माले ओम्नी घोटलाका नाइके हुन् । शर्मा दाजुभाई नाताले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका भाञ्जा हुन् । शर्माकै समूहले सर्वोच्च अदालतका निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रभावमा पारी स्टे अर्डरमार्फत विवादित आईडीपीलाई नेपाल भित्र्याएर आइईएलटिएसमा एकछत्र राज गर्दै आएको छ ।

    आईडीपीको मुद्दा सरेको सर्यै छ । शिक्षा मन्त्रालयबाट स्वीकृति नै नलिइ स्टे अर्डरको भरमा आईडीपी सञ्चालन हुँदै आइरहेको छ । जसले गर्दा एजुकेशन कन्सलेन्सी व्यवसायमा समस्या सृजना भएको छ ।

    मेयरका स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरले अल्फा हाउसको नक्साको अध्ययन गरेको छ र तल्लो तल्ला अनधिकृत प्रयोग भएको ठहर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार