Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बालेनको निर्देशनपछि शिक्षक नेता भन्छन् : ट्रेड युनियनअन्तर्गत संगठित हुन पाइन्छ

    बालेनको निर्देशनपछि शिक्षक नेता भन्छन् : ट्रेड युनियनअन्तर्गत संगठित हुन पाइन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 789
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएपछि महानगरको शिक्षक नेताले फरक प्रतिक्रिया दिएका छन् ।

    सामुदायिक विद्यालयसँग आबद्ध शिक्षक संघ–संगठनले पार्टीसँग आबद्ध भए पनि आफूहरुले ट्रेड युनियन अधिकारसँग सामेल भएको बताएका छन् ।



    मेयरले जारी गरेको विज्ञप्तिमा सरकारी विद्यालयमा प्रधानाध्यापकदेखि शिक्षक भएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकट काठमाडौं महानगरपालिका कमिटीका अध्यक्षले पार्टीको नाममा राजनीति गर्न नहुने आशय देखिएको छ । तर, शिक्षकले आफूहरुले कुनै राजनीति नगरेको बताएका छन् ।



    नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ कामपा कमिटीका अध्यक्ष एवं पद्मोदय माविका प्रअ नारायण गौतमले नेपाली कांग्रेससँग आबद्ध भए पनि पार्टीको सदस्यता नलिएको र पार्टीमा नलागेको बताए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार