Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लघु बीमाको लाइसेन्स खुल्यो, ३५ दिन भित्र प्रस्ताव पेश गर्न आह्वान

    लघु बीमाको लाइसेन्स खुल्यो, ३५ दिन भित्र प्रस्ताव पेश गर्न आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 873
    SHARES

    काठमाडौं । लघु बिमा कम्पनीको लाइसेन्स खुलेको छ । बिमा समितिले ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

    सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरी शुक्रबार सूचना प्रकाशित गरेको छ ।



    लघु बीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुने बताइएको छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।



    सूचनामा उल्लेख गरेअनुसार लघु बिमामा यसअघि नै कुनै बिमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्ने गरी आवेदन दिन पाइने छैन ।

    लघु बिमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार