Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा काठमाडौं ल्याइँदै

    दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा काठमाडौं ल्याइँदै

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 783
    SHARES

    फाइल तस्विर

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरू हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् ।

    दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि करिब ५ हजार खसीबोका र च्यांग्रा काठमाडौं भित्र्याउन लागेको हो ।



    अहिलेसम्म दसैंलगायत विशेष चाडपर्वलक्षित खाद्य वस्तु आपूर्ति र व्यवस्था मिलाउने जिम्मेवारी प्राप्त सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न स्थानबाट खसीबोका र च्यांग्रा काठमाडौं ल्याउने तयारी गरेको छ ।



    सो कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार विगतका वर्षको निरन्तरतास्वरूप यसपटक पनि राजधानी भित्र्याइने खसीबोका र च्यांग्रा देशका विभिन्न ठाउँबाट खरिद गरी कम्पनीका डिपोमा संकलन तयारी सुरू भएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार