Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • तीज कार्यक्रममा ओलीले बजाए गिटार र हार्मोनियम, कम्मर मर्काउँदै नाचे छमछमी [फोटोफिचर]

    तीज कार्यक्रममा ओलीले बजाए गिटार र हार्मोनियम, कम्मर मर्काउँदै नाचे छमछमी [फोटोफिचर]

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । तीज आउनु दुई दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ बानेश्वरको एभरेष्ट होटलमा सांगीतिक कार्यक्रम गरेका छन् ।

    पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागीहरुलाई बोलाएर ओलीले तीज विशेष कार्यक्रम गरेका हुन् ।



    ओलीले हार्मोनियम बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए। सँगै बसेका सुवासचन्द्र नेम्वाङले गितार बजाउन नजानेजस्तो गरेपछि ओली आफैँले गितार पनि बजाएका थिए। कार्यक्रममा अध्यक्ष ओलीसहितका नेता छमछमी नाचेका थिए ।



    ओलीले यसअघि प्रधानमन्त्री हुँदा बालुवाटारमा सारङ्गी र बाँसुरी बजाएर पार्टीभित्रको एकता खोजेका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार