Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ग्लोबल आइएमइ बैंकले कोरियामा शाखा खोल्दै

    ग्लोबल आइएमइ बैंकले कोरियामा शाखा खोल्दै

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ । ग्लोबल आईएमई बैंकले दक्षिण कोरियामा शाखा खोल्ने भएको छ । भारत, बेलायत र अष्ट्रेलियामा प्रतिनिधि कार्यालय स्थापना गरिसकेको ग्लोबल बैंक अब भने दक्षिण कोरियामा शाखा खोल्ने तयारीमा जुटेको हो ।

    दक्षिण कोरियाबाट बैंकले दैनिक २/अढाइ करोड रुपैयाँ रेमिटेन्स भित्र्याउन गरेको छ। दक्षिण कोरियाबाट गत आर्थिक वर्ष नेपालले ९ अर्ब ४८ करोडको वस्तु आयात गरेको थियो। नेपाल भने २७ करोड १४ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो। दक्षिण कोरियामा शाखा खुलेमा ग्लोबल आइएमइ बैंक देशकै पहिलो बिदेशमा शाखा खोल्ने बैंक बन्ने छ।



    अहिले ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँ छ। सो बैंकले देशका ७७ जिल्लामा शाखा खोलिसकेको छ ।



    बैंकले अहिलेसम्म भारत, बेलायत र अस्ट्रेलियामा प्रतिनिधि कार्यालय खोलिसकेको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। बैंकका देशभर ३० लाख ग्राहक छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार