Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 747
    SHARES

    गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

    जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ क्वाङदीमा जीप दुर्घटना भएको हो ।



    शान्तिपुर बजारबाट रूपाकोट जाँदै गरेको लु १ ज १८३४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।



    घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब ६ मिटर तल खसेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार