Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • पिपुल्स पावरको सेयर बाँडफाँट

    पिपुल्स पावरको सेयर बाँडफाँट

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 894
    SHARES

    फाइल फोटो

    काठमाडौं । पिपुल्स पावर कम्पनीको साधारण सेयर आज बाँडफाँट भएको छ ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।



    आईपीओमा मागभन्दा ७।९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो ।

    मागभन्दा बढी आवेदन परेपछि गोला प्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको थियो।

    यसमध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार