Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अर्थ मन्त्रालयद्वारा ६६ उपसचिवको सरुवा, आन्तरिक राजस्व विभागको कार्यक्रम स्थगित

    अर्थ मन्त्रालयद्वारा ६६ उपसचिवको सरुवा, आन्तरिक राजस्व विभागको कार्यक्रम स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 945
    SHARES

    फाइल फोटो

    काठमाडौं । अर्थ मन्त्रालय ६६ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार ५८ उपसचिवको सरुवा गरेको मन्त्रालयले शुक्रबार थप ८ जनाको सरुवा गरेको हो ।

    अर्थमन्त्री जनार्दन शर्माले गत सोमबार ९ जना सहसचिवको सरुवा गरेका थिए ।



    निर्वाचन आयोगले कर्मचारी आचारसंहिता लाग्नुभन्दा अगाडि नै कर्मचारीको सरुवा सम्पन्न गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले २७ कर कार्यालय प्रमुख र ९ भन्सार कार्यालय प्रमुख परिर्वतन गरेको हो ।



    अर्थ मन्त्रालयले पूर्व जानकारी नदिई कर कार्यालय प्रमुख सरुवा गरेपछि आन्तरिक राजस्व विभागको पूर्व निर्धारित कार्यक्रम प्रभावित भएको छ ।

    विभागले देशभरीका कर कार्यालय प्रमुखलाई बोलाएर भदौ १३ र १४ गते याक एण्ड यति होटलमा व्यवस्थापन सेमिनार आयोजना गर्न खोजेको थियो । तर, विभिन्न कर कार्यालय प्रमुख परिवर्तन भएपछि विभागको पूर्व निर्धारित कार्यक्रम रद्द भएको विभागका सूचना अधिकारी राजु प्याकुरेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार