Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाललाई विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण दिने

    नेपाललाई विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण दिने

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 726
    SHARES

    sf7df8f}F, !# ebf}+ . cy{ dGqfnodf ;f]daf/ cfof]lht låkIfLo ;x'lnotk"0f{ C0f ;Demf}tfdf x:tfIf/kl5 C0f kq cfbfgk|bfg ub}{ cy{ dGqfno, cGt/f{li6«o cfly{s ;xof]u ;dGjo dxfzfvfsf ;x;lrj O{Zj/Lk|;fb cof{n / dflNbE;, g]kfn / >Ln+sfsf nflu ljZj a}+ssf ;~rfng k|aGws nf8f :6«]nsf]ef . tl:a/ M /Tg >]i7, /f;;

    काठमाडौँ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

    अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरे ।



    बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सघाउनेछ ।



    ‘ग्रीड’अन्तर्गत तीन चरणमा प्राप्त हुने सहुलियत ऋणमध्येको यो यो पहिलो चरण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार