Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दक्षिण कोरियामा ४३ हजारभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ४९ जनाको मृत्यु

    दक्षिण कोरियामा ४३ हजारभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ४९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 774
    SHARES

    काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् ।



    योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ ।



    अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ९७ जना गम्भीर अवस्थामा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार छ सय १८ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार