Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • युक्रेनको रुसी अधीनस्थ दोनेत्स्कले माग्यो उत्तर कोरियाका सर्वोच्च नेता किमसँग सहयोग

    युक्रेनको रुसी अधीनस्थ दोनेत्स्कले माग्यो उत्तर कोरियाका सर्वोच्च नेता किमसँग सहयोग

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 903
    SHARES

    एजेन्सी । पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रको रुसी वैकल्पिक फौजका प्रमुखले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई आवश्यक सहयोग उपलब्ध गराउन सन्देश पठाएका छन् ।

    युक्रेनस्थित रुसी अधिनस्थ क्षेत्रहरूमा पुननिर्माण परियोजनाहरूका लागि प्योङयाङले श्रमिकहरू पठाउने संकेत दिइरहेकोबेला यो सन्देश पठाइएको हो ।



    गत महिना पूर्वी युक्रेनको रुस समर्थित पृथकतावादीहरूको अधीनमा रहेका दोनेत्स्क र लुहान्स्कलाई रुसले स्वाधीन जनगणतन्त्र घोषित गर्दा त्यसको समर्थन गर्ने विश्वका थोरै मुुलुकमा उत्तर कोरिया पनि परेको थियो । यसबाट आक्रोशित बनेको किभले उत्तर कोरियासँगको कूटनीतिक सम्बनध त्यागेको थियो ।



    उत्तर कोरियाले ती क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि कामदारहरू पठाउने योजनाहरूमाथि अहिले पुनरावलोकन गरिरहेको छ । यसले प्याङयाङको अर्थतन्त्रलाई टेवा पुग्न सक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार