Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस वर्ष मागे जति नयाँ नोट साट्न पाइने

    यस वर्ष मागे जति नयाँ नोट साट्न पाइने

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो ।

    गत वर्ष बैंकले ८ अर्ब रुपैयाँ बराबरको सुकिला नोट बजारमा पठाएको थियो । प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकेर सुकिला नोट वितरण गरेको बैंकले यस वर्ष भने सीमा नलगाउने बताएको छ ।



    गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु. ५, रु. १०, रु.२०, रु.५० र रु.१०० गरी पाँच वटा खुजुरा सुकिला नोटहरु बजार पठाउने तयारी गरेको छ ।



    नयाँ नोट पाएपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार