Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमालेमा फर्किने घोषणा गरेका पूर्वमन्त्री तामाङलाई नेकपा एसको कारबाही

    एमालेमा फर्किने घोषणा गरेका पूर्वमन्त्री तामाङलाई नेकपा एसको कारबाही

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 633
    SHARES

    धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री तारा लामा तामाङलाई कारबाही गरेको छ ।

    नेकपा एकीकृत समाजवादीमै रहेका बेला संसदमा विशेष समय माग गरेर जिम्मेवारीविरुद्ध बोलेको भन्दै कारबाही गरेको हो ।



    नेकपा एमालेबाट निर्वाचित भएका उनी एमाले विभाजनपछि नेकपा एस समाजवादीमा सनाखत गरेका थिए ।



    आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका तामाङ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव हुन् । तामाङले हिजोको प्रदेश सभा बैठकमा आफू नेकपा एकीकृत समाजवादीमा नरहने र एमाले रोज्ने बताएका थिए ।

    उनको उक्त अभिव्यक्तिविरुद्ध पार्टी प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले विज्ञप्ति जारी गर्दै कारबाही गरेको जनाएको हो । केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्न सिफारिस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार