Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक

    फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित फिल्म ‘दुई नम्बरी’को पहिलो गीत बुधबार सार्वजनिक भएको छ ।

    असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्म को ‘झलल आयो तिम्रो याद’ बोलको रोमान्टिक गीतमा सौगात र अभिनेत्री उपासनासिंह ठकुरी फिचर्ड छन् । मेलिना राई र जयन जे. वाइवाको स्वर रहेको यस गीतमा गायक वाइवाकै शब्द तथा संगीत रहेको छ ।



    दुई साथीको मित्रतालाई देखाइएको फिल्ममा सौगात, दयाहाङ, उपासन र उगेनसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक लामाले नै तयार पारेका हुन्।

    फिल्ममा सौगातको जोडी उपासना र दयाहाङको जोडीको रुपमा उगेनलाई देख्न सकिन्छ। भुटानी अभिनेत्री उगेन यो डेब्यू नेपाली फिल्म हो।

    दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार