Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

    ‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 618
    SHARES

    काठमाडौं । एनसेलले नेपालको सबैभन्दा फास्ट मोवाइल नेटवर्कको अवार्ड जितेको छ ।

    विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि एनसेललाई अवार्ड प्रदान गरेको हो ।



    एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।



    नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो ।

    यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार