Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

    थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 942
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    तीन हजार ५५७ वटा नमुना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।



    आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । त्यस्तै आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, काठमाडौं उपत्यकामा काठमाडौंमा १०५ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

    काठमाडौंमा ८३, भक्तपुरमा पाँच र ललितपुरमा १७ जना संक्रमित थपिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार