Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • दाङमा कुलोले बगाउँदा महिलाको मृत्यु

    दाङमा कुलोले बगाउँदा महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 951
    SHARES

    फाइल तस्विर

    दाङ । कुलोले बगाउँदा दाङमा एक महिलाको मृत्यु भएको छ। ४७ वर्षीय सीता भण्डारीको मृत्यु भएको हो ।

    बिहीबार साँझ ऋषिपञ्चमीको पूजा सकेर करिब ७ बजेतिर घर फर्कने क्रममा गौरीगाउँ कुलोमा खस्दा भण्डारीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



    उनलाई कुलाले बगाएको थाहा पाएपछि स्थानीय बगेको ठाउँदेखि करिब एक किलोमिटर दक्षिणबाट उद्धार गरेका थिए।

    उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार