Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गरौं : शिक्षामन्त्री पौडेल

    त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गरौं : शिक्षामन्त्री पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 537
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न आग्रह गरेका छन्।

    शंकरदेव क्याम्पसमा आयोजित ६९ औं वाणिज्य दिवस तथा भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।



    उनले विश्विविद्यालयलाई तालामुक्त गर्न अभियानमा जुट्न समेत आग्रह गरे।



    उनले भने,‘त्रिभुवन विश्वि विद्यालयमा तमाम समस्या छन्। ती समस्याको समाधान सहमतिबाट गरौं,वार्ताबाट गरौं। विश्वविद्यालयलाई तालामुक्त गरौं।’

    शिक्षा सुधार्न सकिएन भने केही पनि सुधार्न नसकिने उनको भनाइ छ।

    पठनपाठन राम्रो हुनलाई विश्विविद्यालयहरु राम्रो हुनुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार