Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युरोपमा इन्धन आपूर्ति बन्द, इन्धनको हाहाकार

    युरोपमा इन्धन आपूर्ति बन्द, इन्धनको हाहाकार

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 987
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युरोपमा इन्धन आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएपछि युरोपमा इन्धनको हाहाकार भएको छ ।

    रुसी उर्जा कम्पनी ग्याजप्रोमले मर्मत कार्य जारी रहेकाले युरोपका लागि पाइपलाइनबाट तेल तत्कालै आपूर्ति हुन नसक्ने जनाएको छ । सो कम्पनीले गत बुधबारदेखि मर्मत थालेको थियो ।



    कम्पनीले उक्त पाइपलाइनमा भएको खराबी चेकजाँच गरेर मर्मत गर्न थप समय लाग्ने विज्ञप्तिमार्फत जनाएको छ ।



    सो कम्पनीले जर्मनी र अन्य युरोपेली मुलुकहरुमा आवश्यक तेल पूर्ति गर्दै आएको छ । कम्पनीले आपूर्ति बन्द गरेसँगी जाडोयाममा इन्धनको पर्याप्त उपलब्धता नहुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार