Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मकवानपुरमा अति भारी वर्षा मापन, सर्तकता अपनाउन अनुरोध

    मकवानपुरमा अति भारी वर्षा मापन, सर्तकता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 957
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मकवानपुरमा गए राति अति भारी वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा भारी वर्षा मापन गरिएको हो ।

    मकवानपुरका कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका साना खोलामा आकस्मिक बहाव हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।



    सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र आसपासका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । मरिन खोला, रिउ खोलालगायत उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार