Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • संसदमा भूकम्प बीमाबारे बहस भइरहेका बेला भूकम्प गएपछि…

    संसदमा भूकम्प बीमाबारे बहस भइरहेका बेला भूकम्प गएपछि…

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.2K
    SHARES

    एजेन्सी ।  कहिलेकाही जुन विषयमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो । संसदमा भूकम्प बीमामा बहस भइरहेको थियो, त्यहीबेला भूकम्प गयो ।

    देशको संस्द ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियो अनुसार भूकम्प बीमाबारे बहस भइरहका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएका थिए ।



    प्रोग्रेसिभ सिटिजन्स पार्टी (एफबीपी) की सांसद बेटिना पेटजोल्ड महर संसदमा बोलिरहदा भूकम्प गएको थियो । भिडियोमा पहिलो भूकम्प जाँदा उनी हाँसिरहकी देखिन्छिन् ।



    तर लगत्तै आएका दोस्रो भूकम्पले भने उनीहरूको होस हवास उडेको थियो । दोस्रो भूकम्पले संसद भवन हल्लिन थालेपछि पेटजोल्ड आत्तिदै भवनको सिलिङ र दायँ वायाँ हेरेको देखिन्छिन् ।

    दोस्रो भूकम्पपछि तत्कालै संसद बैठक स्थगित भएको थियो भने संसदहरु छिटो छिटो भवनबाहिर निस्किएका थिए । युरोन्युजका अनुसार पहिलो भूकम्प २ दशमलब ४ र दोस्रो ३ दशमलब ९ म्याग्निच्युडको थियो ।

    दोस्रो भूकम्पको गहिराई १९ किलोमिटर थियो । उक्त भूकम्प अस्ट्रेलिया, स्विट्जरल्यान्ड र जर्मनीसम्म महसुस गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार