Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जेलेन्स्की पत्नी ओलेनाले भनिन – यूकेले पैसा गन्दा हामी शव गनिरहेका छौँ

    जेलेन्स्की पत्नी ओलेनाले भनिन – यूकेले पैसा गन्दा हामी शव गनिरहेका छौँ

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 972
    SHARES

    एजेन्सी। युक्रेनकी प्रथम महिला तथा राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले बेलायतलाई कडा जवाफ दिएकी छिन् । उनले बेलायतले पैसा (सिक्का) गनिरहँदा युक्रेनले लाशहरूको संख्या गनिरहेको टिप्पणी गरिन।

    ओलेना जेलेन्स्काले बीबीसीलाई दिएको अन्तर्वार्तामा यदि युक्रेनले दह्रो समर्थन प्राप्त गरेको भए अहिलेको सङ्कटको समयावधि छोटो हुने बताइन्।



    किएभमा दिइएको अन्तर्वार्तामा उनले युद्धका कारण भएको मानवीय क्षति उजागर गरिरहनु महत्त्वपूर्ण भएको पनि बताएकी थिइन्।



    जेलेन्स्काले आफूले विरलै आफ्ना श्रीमानलाई देख्न पाए पनि दुवै जनाबीच प्रत्येक दिन कुराकानी भने हुने गरेको बताइन्।

    युक्रेन युद्धको आर्थिक प्रभाव अन्य देशहरूमा चर्को परेको बताउँदै युक्रेनकी प्रथम महिलाले भनिन, ‘मलाई थाहा छ अवस्था ज्यादै कठिन छ। तर, म सम्झन्छु कि कोभिड-१९ को महामारी जुन अझै पनि हामीसँग छ, त्यति बेला पनि मूल्यवृद्धि भएको थियो। युक्रेन पनि प्रभावित भएको थियो।

    युक्रेनमा पनि मूल्यवृद्धि भइरहेको छ। त्यसमाथि हाम्रा मानिसहरूलाई मारिएको छ। त्यही भएर जब तपाईँ आफ्नो ब्याङ्क खातामा वा गोजीमा भएको रकम गन्न थाल्नुहुन्छ, हामी पनि त्यसरी नै हाम्रो तर्फ भएका क्षति र शव गन्छौँ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार